Saturday, December 27, 2008

उल्झन

दोभान भनी सोचेको थिए दोधार पो रहेछ
एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ
एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ
खुशी सब्लाई राख्न खोज्दा धेरै टाढा गैएछ
kriging method पढ्दै थिए केके कोरिएछ
पुरा गर्न यसलाई खोज्दा यो पनि अड्किएछ
सुल्झाउछु भन्दा भन्दै झन धेरै उल्झिएछ

Sunday, December 21, 2008

मेरो देश

कलकल्कल बग्छिन रे सरिता
सब नूतन लाग्दछ रे रमिता
मन मोहक द्रिश्य छ हेर उता
अब लेख्दछु रे रसिला कविता

सरसर्सर बग्छ हवा नभमा
जसले तटिनी प्रिय छे सबमा
जब सागर भेट्न हिडिन् तटिनी
जल चन्चल नाच्दछ झै नटिनी

रङ फ्याक्छ दिवाकरले जलमा
झन सुन्दर लाग्दछ पल्पलमा
हिम्-आलय झल्झल उत्तरमा
अनि लेक र पर्वत दछिणमा

सब सम्म तराई छ हेर अनी
अति उर्बर उन्नत योग्य भुमी
कति सुन्दर देश छ स्वर्ग सरी
मन मोहन मोहक शान्त पुरी

Saturday, December 20, 2008

भाव

खुशी के हो सायद म बुझ्दिन या बुझ्न चाहन्न तर पनि त्यस्को अभाव को महसुस् ले सताउछ
लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना अनि झिना मसीना समस्याको आभासले सताउछ
यस्तै यस्तै आभास नै त भावना हुन् तर फेरि किन महसुस गराई लाई भावना मान्दैन मन
सोच्दा सोच्दै सायद शब्दको अर्थ नै फरक हुने हो अथवा भित्री गहिराइ नै नबुझ्ने हो झन्
दुनिया अजीव छ जुन् कसैको लगि सत्य छ अरुका लगि झुठा ठहरिन्छ वा अर्थहिन छ
जुन कल्पना गर्छु या जुन नजरिया ले दुनिया हेर्छु त्यो कसैको निम्ति पूर्ण हास्यास्पद छ
दुनिया यस्तै छ पागलपना र सद्य हुनुको भिन्नता मागे तिमिलाई नै पागल देख्छ
सहि र गलतको रेखा कसरी छुट्याउने हो भनि सोधे अकमक्क हुन्छ
हो सब् अर्थहिन् छ हुनु र नहुनुको फरक् आफैमा अनौठो र अच्चम्म लाग्दो छ