Wednesday, March 9, 2011

सोच

अजिव छ समयचक्र,अनौठो खेल
सोचाई, बुझाई, गराईमा छैन मेल
म के सोच्दछु भैदिन्छ अरुनै केहि
मैले नै पो बुझ्न नसकेको होकी झै
पानीसरि छर्लङ्ग कुरालाई केको बुझाई
समस्या भैदेको होकि पानी को गहिराइ
सामान्य लाग्छ दुनियामा हरेक चिज
केलाउदै जादा पाउछु उल्झनको बिच
हो तेसैले आज मैले निर्क्योल निकाले
समस्या सबै जन्माको रहेछ सोचाइले

Sunday, February 28, 2010

Color

Colors are the smiles of nature,
Sacred, divine and solemn
Contributing to beauty

Friends of their neighbors
Lovers of their opposites
With utmost purity

Colors like features
Follow the changing emotions
And closest to the light

Among all the God’s gift,
Greatest gift it is
To the Man with sight

It answers feeling in man,
Shapes answer’s thought
Creating emotion in scene

Most importantly each is unique
Putting them together
The picture is complete

Monday, September 21, 2009

दशै

दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन
दसै होइन दशै हो यो बसि जो मोज गर्दछन
भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन
बली नै दिन पर्ने हो त साच्चै, त्यो चै किन
दुर्गाभवानीको दशै नै हो महिसासुरको दसा
मारी अरुलाई बाच्ने मनिसको यो कस्तो नशा

Wednesday, August 5, 2009

गरिबी

एउटा गरिब केटी थिई
बिरामि भै ओछ्यान परी
औषधिमूलो केहि पाइन
एक दिन ऊ तेसै मरी

उनको थियो एउटा बच्चा
तोते बोल्ने मनको सच्चा
भयो त्यो बिचरा टुहुरा
कसले दिने उसलाई सहारा

बाउ मरिसकेको ऊ गर्वमा हुँदा
जनयुध्दमा कस्कोहो गोलि लाग्दा
आफन्त, बिचरो भन्दै मुन्टो बटारे
छिमेकि, अभागि भनि बाटो लतारे

अबोध उसका मानसपट
के भयो पत्तै पाएन झट्ट
उसका नयन खोज्थे आमा
कस्तो भाग्य उसको हे राम

मात्र थिएन यो उसको कथा
धेरै बालकको छ एस्तै ब्यथा
कहिलेसम्म यस्तो चपेटामा पर्ने
के सधै यसरिनै जिउदै मर्ने

गरिब आमाको नामको पूकार
सुनिदेउ हे इश्वर साक्षातकार
कहलाउछौ सारा प्राणिका दुखहर्ता
तिमि हौ भने सर्बज्ञानी बिधाता
फेरि किन हामिलाई यति सुर्ता
जीवन देउ जीवन्त या लिउ फिर्ता

परिवर्तन

देशले परिवर्तन चाहेको थियो
हेर, अयोनित, ठूलै आयो
धेरै ठूलो, चाँहेको भन्दा
थाम्नै गार्हो, मानौ फन्दा
थामोस् नि कसरी, बिचरो
बारम्बार एक पछि अर्को
आशा ठूलै फट्को मार्ने
फट्को त मारेकै हो ने
फगत परेछ उल्टो दिशा
जातियताको नाममा उफ् हिंसा
सबलाई सिंगो राज्य चाहियो रे
हरे, अखण्डता पो चाहेको उसले
अनि चाहेको बाटो बत्तिको सुबिधा
मुटु चस्स घोच्योरे लोडसेडिङ् हुदा

परिवर्तन त चाहेको थियो देशले
झुठ्लाउन सक्दैन त्यो कसैले
सत्ता चलाउने हरुको सोचमा
शासन गर्ने गराइने प्रक्रियामा
प्रतिपक्षका मात्र आक्रमक प्रब्रीतिमा
खालि बन्द घोषणा गर्ने शैलिमा
अझै नि चाहदैछ देश परिवर्तन
राम्रो फेर आउछ सोच्छ मन
अझै नि चाहदैछ देश परिवर्तन
हो अझै चाहदैछ देश परिवर्तन

Sunday, March 8, 2009

नेपाली आमाको मन

सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन
चिन्ताको तापले हरपल जलेको छ दनदन
खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो
कहिले म माथि पर्‍यो अराजकताको पासो
हरेक चोटिको परिवर्तनले आश पलाउछ
फेरि त्यहि तितो यथार्थ सामुन्ने आउछ
जो आए नि ममाथि किन तान्डवनै गर्छन
कोहिनकोहि हरेक दिन द्वन्दको चपेटामा मर्छन्
मेर सन्तानहरु हर दिन बिदेशिदै छन
रोक्ननी के भनेर रोकुम अकमक्क छ मन
सहनशिलताले अब त पराकाष्ठा नाघिसक्यो
सहदा सहदै गोली चल्यो रगतको खोला बग्यो
तै पनि खोइ त कहाँ आयो परिवर्तन
हे बिधाता आज तिमीसँग शान्तिको भिक माग्दैछ
यो नेपाली आमाको मन, नेपाली आमाको मन

Saturday, December 27, 2008

उल्झन

दोभान भनी सोचेको थिए दोधार पो रहेछ
एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ
एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ
खुशी सब्लाई राख्न खोज्दा धेरै टाढा गैएछ
kriging method पढ्दै थिए केके कोरिएछ
पुरा गर्न यसलाई खोज्दा यो पनि अड्किएछ
सुल्झाउछु भन्दा भन्दै झन धेरै उल्झिएछ