Monday, September 21, 2009

दशै

दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन
दसै होइन दशै हो यो बसि जो मोज गर्दछन
भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन
बली नै दिन पर्ने हो त साच्चै, त्यो चै किन
दुर्गाभवानीको दशै नै हो महिसासुरको दसा
मारी अरुलाई बाच्ने मनिसको यो कस्तो नशा

1 comment:

  1. देश र समजलाई लुटेर अकूत कमाएकाहरुले देखाउने ढोंगका कारण दशैंले सबैको साझा उल्लासमय पर्वको आफ्नो परम्परागत छवि गुमाउन थालेको पक्कै हो। दशैं मनाउन अकूत सम्पत्ति छर्नैपर्दैन, तडकभडक देखाउन पनि पर्दैन भन्ने चेतना जगाउनु आवश्यक भईसकेको छ। पारिवारिक जमघटले दिने सुखसंग पैसाले दिने सुखलाई तुलना गर्न सकिँदैन। दशैंको मूल सामाजिक आशयपनि त्यहि हो। त्यसकारण, दशैंलाई निराशाजनक रुपमा चित्रण गर्ने जुन लहर चलेको छ त्यसमा मेरो भने अलिक विमति छ।
    बाँकी बलीप्रथाको कुरो, हामीले देखेकै छौं हिंसारहित दशैंका अभियानहरु चल्न थालेका छन्। हाम्रो समाज चेतनशील र सभ्य जति चाँडै हुन्छ, त्यति चाँडै यस्ता विकृतिहरु, देवताको नाममा गरिने क्रूर हिँसाहरु, घटेर जानेछन्।
    दशैंमा अझै केहि कमजोरीहरु/सुधार्नुपर्ने ठाऊँहरु होलान् तर छोटो जिन्दगीमा जिन्दगीको उत्सव मनाउनका लागि यो एउटा अपूर्व अवसर हो।

    अब आफू विदेशमा भईयो र पो मा-यो:)

    ReplyDelete