Saturday, December 20, 2008

भाव

खुशी के हो सायद म बुझ्दिन या बुझ्न चाहन्न तर पनि त्यस्को अभाव को महसुस् ले सताउछ
लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना अनि झिना मसीना समस्याको आभासले सताउछ
यस्तै यस्तै आभास नै त भावना हुन् तर फेरि किन महसुस गराई लाई भावना मान्दैन मन
सोच्दा सोच्दै सायद शब्दको अर्थ नै फरक हुने हो अथवा भित्री गहिराइ नै नबुझ्ने हो झन्
दुनिया अजीव छ जुन् कसैको लगि सत्य छ अरुका लगि झुठा ठहरिन्छ वा अर्थहिन छ
जुन कल्पना गर्छु या जुन नजरिया ले दुनिया हेर्छु त्यो कसैको निम्ति पूर्ण हास्यास्पद छ
दुनिया यस्तै छ पागलपना र सद्य हुनुको भिन्नता मागे तिमिलाई नै पागल देख्छ
सहि र गलतको रेखा कसरी छुट्याउने हो भनि सोधे अकमक्क हुन्छ
हो सब् अर्थहिन् छ हुनु र नहुनुको फरक् आफैमा अनौठो र अच्चम्म लाग्दो छ

2 comments:

  1. फेरि आज भावना लहर बनी ठोकिएछ
    फेरि आज चौतारिमा मन बिसाउन रोकिएछ।
    देखाउन मन लाग्दैनन् भावना कसैलाइ
    यथार्थको क्यान्भासमा खुशि कसरि पोखिएछ?

    ReplyDelete
  2. hey dear
    its very nice keepit up more to here

    ReplyDelete