Sunday, December 21, 2008

मेरो देश

कलकल्कल बग्छिन रे सरिता
सब नूतन लाग्दछ रे रमिता
मन मोहक द्रिश्य छ हेर उता
अब लेख्दछु रे रसिला कविता

सरसर्सर बग्छ हवा नभमा
जसले तटिनी प्रिय छे सबमा
जब सागर भेट्न हिडिन् तटिनी
जल चन्चल नाच्दछ झै नटिनी

रङ फ्याक्छ दिवाकरले जलमा
झन सुन्दर लाग्दछ पल्पलमा
हिम्-आलय झल्झल उत्तरमा
अनि लेक र पर्वत दछिणमा

सब सम्म तराई छ हेर अनी
अति उर्बर उन्नत योग्य भुमी
कति सुन्दर देश छ स्वर्ग सरी
मन मोहन मोहक शान्त पुरी

2 comments:

  1. यो कविता तोटक छन्दमा छ। सानो प्रयास छन्दमा लेख्ने।

    ReplyDelete
  2. Dherai ramro prayesh chha, good poem :)

    -Subhash Dhakal

    ReplyDelete